अवैध लागूऔषध सहित पक्राउ

September 1, 2019   Filed under हालखबर अपडेट >>>> Please Subscribe our Youtube Channel

बुढानिलकण्ठ नगरपालिका-१० कपन रुद्रमती चोक बस्ने तेह्रथुम आमल गाउँपालिका-५ घर भएका ३० वर्षीय सुमन लिम्बुलाई लागूऔषध आईस २ दशमलब ३० ग्राम सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

लेटाङ गाउँपालिका-२ बुधबारे बस्ने ६० वर्षीय हरिन्द्र कुमार राईलाई अवैध लागूऔषध गाँजा करिब १ किलो ५ सय ग्राम सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो बिराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

देवचुली नगरपालिका-१७ बस्ने ७४ वर्षीय मिन बहादुर मल्ललाई अवैध लागूऔषध गाँजा ५ किलो ५ सय ग्राम सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय गैंडाकोटबाट खटिएको प्रहरीले उनको घर खानतलासी गर्ने क्रममा लुकाई छिपाई राखेको अवस्थामा उक्त परिमाणको लागूऔषध गाँजा फेला परेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।