चोरीमा संलग्न रही फरार रहेको अभियोगमा पक्राउ

September 1, 2019   Filed under हालखबर अपडेट >>>> Please Subscribe our Youtube Channel

सुनको सिक्री चोरी गरी फरार रहेको अभियोगमा कुश्मा नगरपालिका-१४ आर्थरडाँडाखर्कस्थित माईती घर बस्ने सोही नगरपालिका-३ दुर्लुङ घर भएकी ४० वर्षीया कमला सार्कीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

कुश्मा नगरपालिका-१४ आर्थरडाँडाखर्क बस्ने ८८ वर्षीया राम कुमारी गुरुङको साथबाट अपरिचति महिलाले सुनको सिक्री बुधबार बिहान चोरी गरी फरार भएको घटनाको अनुसन्धान गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले घटनामा संलग्न कमला सार्कीलाई पक्राउ गरेको हो । साथै चोरी भएको सुनको सिक्री सोही ठाउँस्थित पर्खालमा लुकाइछिपाई राखेको अवस्थामा प्रहरीले फेला पारी बरामद गरेको छ ।

कमलालाई जिल्ला अदालत पर्वतबाट चोरी मुद्दामा ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।