प्राकृतिक रुपमा उम्रेका गाँजाका बोट नष्ट

September 1, 2019   Filed under हालखबर अपडेट >>>> Please Subscribe our Youtube Channel

काठमाडौं, बुढानीलकण्ठ नगरपालिका-१ चौकीडाँडा तौलुङमा प्राकृतिक रुपमा उम्रेका करिब ६ हजार गाँजाका बोट शुक्रबार प्रहरीले नष्ट गरेको छ । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बुढानिलकण्ठ नगरपालिका-१ को सहकार्यमा महानगरीय प्रहरी प्रभाग बुढानीलकण्ठ र सामुदायिक प्रहरी सेवा केन्द्र बुढानिलकण्ठबाट खटिएको प्रहरी टोली, स्थानीय क्लबका पदाधिकारीहरू र स्थानीय जन प्रतिनिधि समेतको सहभागितामा उक्त गाँजाका बोट नष्ट गरिएको हो ।

बझाङ, जयपृथ्वी नगरपालिका-१० चैनपुर बजार र सेती नदीका किनारामा अन्दाजी १० रोपनी जग्गामा प्राकृतिक रुपमा उम्रेका करिब २ हजार ५ सय गाँजाका बोट शनिबार बिहान प्रहरीले नष्ट गरेको छ । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी, सुर्मा सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू, स्थानीय संचारकर्मी तथा स्थानीय समाजसेवीको सहभागितामा उक्त गाँजाका बोट नष्ट गरिएको हो ।