भन्सार छलि ल्याएका विभिन्न आयुर्वेदिक औषध सहित १० जना पक्राउ

September 1, 2019   Filed under हालखबर अपडेट >>>> Please Subscribe our Youtube Channel

ठाकुरबाबा नगरपालिका-१ बस्ने राम प्यारी थारु समेत १० जनालाई भन्सार छली अवैध रुपमा नेपालतर्फ ल्याउँदै गरेको अन्दाजी १ लाख ८४ हजार ६ सय ११ रुपैयाँ मूल्य बराबरका बिभिन्न आयुर्बेदिक औषधी सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय सानोश्रीबाट खटिएको प्रहरीले मधुवन नगरपालिका-५ बाट उक्त आयुर्बेदिक औषधी सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।