अवैध लागूऔषध सहित पक्राउ

September 8, 2019   Filed under हालखबर अपडेट >>>> Please Subscribe our Youtube Channel

पोखरा महानगरपालिका-३० पिपलडाँली बस्ने ३० वर्षीय शुदर्शन तिवारीलाई नियन्त्रित लागूऔषध डाइजेपाम २९ एम्पुल, फेनारगन ३५ एम्पुल, नुर्फिन २९ एम्पुल र नाइट्रोभेट १५ ट्याब्लेट सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
त्यस्तै ,
हरिवन नगरपालिका-११ बाट नियन्त्रित लागूऔषध नाइट्रोभेट १ सय ४८ ट्याब्लेट सहित हरिवन नगरपालिका-५ बस्ने २२ वर्षीय महिन्द्र महतोलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।