रड प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

September 8, 2019   Filed under हालखबर अपडेट >>>> Please Subscribe our Youtube Channel

काठमाडौं काडाँघारी बस्ने २१ वर्षीय सुरेन्द्र सिंहलाई फलामको रड प्रहार गरी घाइते बनाएको अभियोगमा काठमाडौं धुम्बाराही बस्ने सिन्धुपाल्चोकका बा.१ ख ८९२३ नम्बरको बसका सहचालक रोशन गिरीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-८ जयबागेश्वरी गौशालाबाट चावहिलतर्फ जाँदै गरेको उक्तमा बसमा भाडाको विषयलाई लिएर विवाद हुँदा सह-चालक गिरीले यात्रु सिंहलाई रड प्रहार गर्दा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले गिरीलाई पक्राउ गरेको हो ।

घाइते सिंहको ओम अस्पताल चावहिलमा उपचार भइरहेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।