नवलपरासीमा विश्व प्राथमिक उपचार दिवस मनाईयो

September 14, 2019   Filed under हालखबर अपडेट >>>> Please Subscribe our Youtube Channel

नवलपरासीमा विश्व प्राथमिक उपचार दिवशको अवसरमा आज बिभिन्न कार्यक्रम गरी मनाईएको छ । नवलपरासीको रामग्राम नगरपालिका वडा नं १६ हकुईमा विश्व प्राथमिक उपचार दिवस कार्यक्रम आज सम्पन्न भएको हो ।

बन्चित समुहका लागी प्राथमिक उपचार सफल पारौ जस्ता नारा सहित नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा नवलपरासी र सुक्रौली शाखाको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको वताईएको छ ।

कार्यक्रममा घनश्याम यादव, वडा नं १६ का वडाध्यक्ष भगवान चौधरी, ऋषि राम यादव, रुद्र कुमारी कंडेल, निरज ज्ञवाली, बलिराम यादव र साईदा निशा पठान लगायत करिब ५० जनाको उपस्थिती रहेको थियो । जनता माध्यमिक विध्यालय सुक्रौली देखी शुरु भएको ¥याली हकुई चोकमा पुगेर कोण सभामा परिणत भएको जनाईएको छ ।