भन्सार छलेर आयात गरिएका ६४ खसी बरामद

September 14, 2019   Filed under हालखबर अपडेट >>>> Please Subscribe our Youtube Channel

भारत वाट भन्सार छलेर नेपाल आयात गरिएका खसीवोका ईलाका प्रहरी कार्यालय कोहलपुरले आज नियन्त्रणमा लिएको छ ।

कोहलपुर बाट पूर्वतर्फ जाँदै गरेको ना ७ ख ८९९८ नं को ट्रकमा गएराति करिब वाह्र बजे कोहलपुर नगरपालिका वडा नं १२ चप्पर गौडी स्थित चेकजाँच केन्द्रमा जाँच गर्ने क्रममा ६४ वटा खसीवोका फेला परेका ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक हेम बहादुर शाहीले जानकारी दिनु भएको छ ।