निगलीकोटमा पहिलो पटक भाद्र पुर्णिमा उत्सव

September 14, 2019   Filed under हालखबर अपडेट >>>> Please Subscribe our Youtube Channel

कनकमुनी बुद्धको जन्मथलोका रुपमा रहेको कपिललस्तु नगरपालिका– ६ निगलाीकोटमा शनिवार पहिलो पटक भाद्र पुर्णिमा उत्सव मनाईएको छ । लुम्बिनी भ्रमण बर्षका अवसर पारेर प्रदेश नम्बर ५ उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको आयोजना तथा कपिलवस्तु नगरपालिको समन्वयमा उत्सव गरिएको हो ।

ऐतिहासिक र पुरातात्विक महत्व बाकेको निगालीकोटको पर्यटकीय विकासकालागि पहिलो पटक त्यहा उत्सव गरिएको हो । उतसवका अवसरमा त्यहा दीप प्रज्जवलन समेत गरिएको छ । उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले कार्यक्रमको उदघाटन गर्दै लुम्बिनी भ्रमण बर्षलाई लक्षित गरी कार्यक्रम गरिएको बताए । प्रदेश नम्बर ५ कै प्रमुख गन्तब्य निग्लिहवा र त्यसकै नजिक रहेको निगालीकोटको प्रचारप्रसारमा यसले मद्दत गर्ने उनले बताए । यस्ता कार्यक्रमहरु लुम्बिनी भ्रमण बर्षभरी पालैपालो बुद्धस्थलमा गरिने उनले बताए । प्रदेश सरकारले बृहत्तर लुम्बिनीको गुरु योजना अनुसार प्राचिन कपिलस्तुको विकास पर्यटकीय विकासमा समेत ध्यान केन्द्रित गरेको उनले बताए । ‘ प्रदेश सरकारले बृहत्तर लुम्बिनीको गरु योजना अनुसार कार्य अघि बढाएको छ ’ उनले भने । गौतम बुद्ध भन्दा पहिले जन्मेका कनकमुनी बुद्धको जन्म थलो हो निगालीकोट । तत्कालीन समयमा शोभावती नगरकारुपमा रहेको थियो । कनकमुनी जन्मिदा सुनको बर्षा समते भएको ईतिहासकार बताउछन । उता यही स्थलमा गौतम बुद्धका कान्छी आमा प्रजापति सहीत ५ सय महिलालार्इै बुद्धले भाद्र पुर्णिमाका दिन भिक्षुणी बनाएका थिए । प्रजापतिले बाल्यकालमा बुद्धलाइृ हुर्काएका थिए ।

त्यही दिन पहिलो पटक भिक्षुणी संघ बनेको र यो नै महिला अधिकारको पहिलो पाईला रहेको लुम्बिनी विकास कोषका उपाध्यष भिक्षु मैत्तेयले बताए । सो अवसरमा प्रदेश सदस्य दीघै नाराय(ाण वपाण्डेय, धरम बहादुर श्रीवास्तव, सहसराम यादव, अर्जुन केसी कपिलस्तु नगरपालिकाका मेयर किरण सिंह, प्रजिअ गजेन्द्र बहादुर श्रेष्ठ लागतयले खुला संग्रहालयकारुपमा रहेको प्रचिन कपिलस्तुको पर्यटकीय स्थलको विकास गर्नु पर्नेमा जोड दिएका थिए । २ बर्ष अघि लुम्बिनी विकास कोषले त्यहा ३० लाखको लागतमा सो स्थलको संरक्षण र सुन्दरीकरण गरेको थियो । सदरमुकाम तौलिहवादेखि ७ किमी उत्तरमा पर्ने निग्लिहवामा रहेको अशोक स्तम्भ दुई टुक्रामा विभजित छ । लामो खण्ड जमिनमा पसारिएको छ भने सानो खण्ड तेर्सो परेर जमिनमा गडेको छ । लामो टुक्रा १५ फिट लामो र त्यसको परिधि बढीमा ७ फीट ५ इञ्च छ । यस खण्डको शिखर पट्टी दुई वटा मुजुरका डिजाइन र देवनागरी लिपीमा “ॐ मणि पद्मे हुं रिपू मल्लस्य चीर जयतु १२३४” वाक्य कुंदिएको छ । त्यसैले यहा“ कर्णाली प्रदेशका राजा रिपुमल्ल आएका थिए भन्ने पनि बुझिन्छ । त्यसैगरी लम्बाई ५ फीट र परिधि ७ फिट ५ इञ्च भएको जमिनमा गडेर रहेको सानो खण्डमा ब्राह्रमी लिपिमा कुंदिएको चा“र पंक्तीको अशोक अभिलेख छ ।

उक्त अभिलेखले सम्राट अशोक राजा भएको २० औं वर्ष पछि यहां कनकमुनि बुद्धको जन्मस्थल आई पूजा–आजा गरी यो स्तम्भ स्थापित गरेका थिए भन्ने कुरा बताउछ । शुरुमा सन् १९८९ मा पहिलो पटक कोषका पुरातत्वविद् वसन्त बिडारीले निग्लिहवाको अशोक स्तम्भको संरक्षण गरेका थिए । निगालीसागर पोखरीमा लडेर अलपत्र परेको अशोक स्तम्भलाई क्रेन लगाएर उठाएर ल्याई अहिले रहेको ठाउमा संरक्षण गरिएको हो । कार्यक्रम मन्त्रालयका सह सचिव बिजयराज सुबेदीका अध्यक्षता र टुकराज पाण्डेयको संचालनमा भएको थियो ।