ट्याक्टर दुर्घटनामा २ को मृत्यु

September 15, 2019   Filed under हालखबर अपडेट >>>> Please Subscribe our Youtube Channel

किरणमान बज्राचार्य, कपिलबस्तु ।

कपिलवस्तुको वाणगंगा नगरपालिकामा शनिवा मध्यरातमा भएको ट्रयाक्टर दुर्घट्ना हुँदा २ जनाको मृत्यु भएको छ । घटनामा ३ जना घाईते भएका छन् ।

जिल्लाको वाणगंगा नगरपालिका वडा नं. १ बुङ्ची स्थित कोपवा जाने बाटोमा ट्याक्टर दुर्घटना भएको थियो । वाणगंगा नपा वडा नं. १ का चालक २७ बर्षीय रामु थारु र सोही वडाकै १७ बर्षीय रञ्जित बोटेको घटनामा मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

अन्य ३ जनालाई बुटवल रिफर गरिएको बताईएको छ । जेसीवीको सहायताले घाईतेहरुलाई उद्धार गरिएको थियो ।