कांग्रेसको जागरण अभियान जारी

September 15, 2019   Filed under हालखबर अपडेट >>>> Please Subscribe our Youtube Channel

किरणमान बज्राचार्य, कपिलबस्तु ।

नेपाली कांग्रेसको दोस्रो जागरण अभियानलाई निरन्तरतादिइएको छ । कार्यक्रम अन्तर्गत क्षेत्र नं १ को ख मा पर्ने दोहनीमा सभा सम्पन्न गरिएको छ ।

सभामा प्रमुख अतिथीको रुपमावोल्दै नेपाली कांग्रेसका जिल्ला सचिव महेन्द्र कुमार पाठकले नेकपा प्रति जनता आजित भएकोले कागे्रंस प्रति जनलहर बढेको बताए । वुथ सभापति शिवकुमार पाण्डेय र कमलेश शुक्लाको् संचालनमा सम्पन्न कार्यक्रममा जिल्ला सदस्य हरिराज घिमिरे,लललित गुरुग, लोकनाथ शर्मा, क्षेत्रिय सभापति अब्दुल मन्नान खां , प्रदेश क्षेत्रिय सभापति वलिउद्धिन मुसलमान, जिल्ला सदस्य चर्तुभुजमणी त्रिपाठी, रवि काफ्ले,सरिता त्रिपाठी लगायतले बोलेका थिए ।

उता क्षेत्र नं २ को प्रदेश सभा २ मा पनि जागरण कार्यक्रम जारी रहेको छ । यशोधरा गाउंपालिकाको वडा नं १ तिर्तिखीमा सभा सम्पन्न गरिएको छ । सो अवसरमा वोल्दै केन्द्रिय प्रतिनिधी विष्णु कार्कीले बाकें सभापति किरण कोइराला लगायतका कार्यक्रताको सांघतिक आक्रमण र हमला गर्ने विरुद्ध सरकारले तत्काल कारवाही नगरे कांग्रेसले चुप लागेर नबस्ने बताए । सो अवसरमा वोल्दै पुर्व पार्टी सभापति सुधाकर पाण्डेयले वर्तमान नेकपाको सरकार अधिनायकवाद तर्फ लागेको हुदां सो विरुद्ध आम नागरिकले खवरदारी गर्ने बेला आएको बताए ।

कार्यक्रममा जिल्ला सदस्य माधव पराजुली, ओम प्रकाश गुप्ता, श्यामनारायण उपाध्याय, सरिता त्रिपाढी, जगदिश पाण्डेय लगायत वोलेका थिए । कार्यक्रम नेपाली कांग्रेस क्षेत्र नं २ प्रदेश सभा २ का सभापति गिरिजेश कुमार पाण्डेयको सभापतित्वमा सम्पन्न भएको थियो ।