अवैध लागूऔषध गाँजा सहित पक्राउ

November 5, 2019   Filed under हालखबर अपडेट >>>> Please Subscribe our Youtube Channel

गौरीगंज गाउँपालिका-४ बस्ने बुद्धलाल राजबंशीको कोठाबाट अवैध लागूऔषध गाँजा २ किलो १ सय २५ ग्राम सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय गौरीगंजबाट संयुक्त रुपमा खटिएको प्रहरीले उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

यसैगरी झापा गौरीगंज गाउँपालिका-३ बस्ने ५७ वर्षीय देव नारायण महतोको घरबाट अवैध लागूऔषध गाँजा ५ सय ग्राम सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय गौरीगंजको संयुक्त रुपमा खटिएको प्रहरीले उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।