नेपाल भ्रमण बर्ष-२०२० लक्षित भक्तपुर सम्बन्धि गीत छायांकन सम्पन्न

November 6, 2019   Filed under Visit Nepal 2020 >>>> Please Subscribe our Youtube Channel

सन्तोष भट्टराई, हालखबर !

भक्तपुर सम्बन्धि बिशेष गीत को छायाकन भक्तपुरको पाँच तल्ले मन्दिर परिसर मा सम्पन्न भएको छ ।

भक्तपुर को धर्मिक ,सास्कृतिक तथा पर्यटकिय प्रबर्द्धन गर्दै नेपाल भ्रमणबर्ष – २०२० लाई सार्थक बनाउन यो गीत लाई उपयोग गरिने गीत का गायक तथा संयोजक कपिल कसपाल ले हालखबर लाई जनाकारी गराएका छन् ।

गीत लाई बिश्व भरी का पर्यटन ले बुझ्न सजिलो होस भन्ने उदेश्य ले भिडियो मा गीत को सब्द लाई अंग्रेज़ी मा सब टाइटल समेत राखेर देखाइने छ जसले गर्दा पाँच मिनेट को गीत हेर्दा भक्तपुर का सम्पुर्ण कला,भाषा ,साहित्य ,परम्परा ,रितिरिवाज सहित बस्तुस्थिति को जानकारी प्राप्त गर्न सकिने छ ।

गीतमा चर्चित ब्यक्तित्व चट्याङ मास्टर (कृष्ण मुरारी गौतम ) को शब्द रहेको छ भने सङीत बि बि अनुरागी को रहेको छ । गीत को अडियो को ब्य्वस्थापन पत्रकार तथा साहित्यकार जितेन्द्र रसिक ले गरेका छन् भने गीत को भिडियो मा भक्तपुर बाट राष्ट्रिय योगदान दिन सफल चर्चित ब्यक्तित्वहरु वरिष्ठ सस्कृतिबिद् तेजेस्वर बाबु ग्वङ,वरिष्ठ सङीतकार दिपक जङम, वरिष्ठ रंग कलाकार हरि बहादुर थापा ,वरिष्ठ गीतकार सुबाश चन्द्र ढुङेल लगायत गायक कपिल कसपाल गीतकार चट्याङ मास्टर,अडियो ब्यवस्थापक तथा पत्रकार तथा साहित्यकार जितेन्द्र रसिक देखि चाङु नारायण नगरपालिका का मेयर सोम मिश्र , उप-मेयर बिना बास्तोला ,मध्यपुर थिमी नगरपालिका कि उप मेयर अन्जना देबि मधिकर्मी सहित जिल्ला समन्वय समिती का संयोजक नवराज गेलाल,स्थानीय चर्चित नृत्य कलाकार हरु लाई देख्न सकिनेछ ।

भक्तपुर बिशेष गीत को निर्देशन चर्चित निर्देशक गम्भिर बिष्ट ले गरेकाछन् । गीत मा ५ दर्जन भन्दा बढी नृत्य कलाकार हरुको आकर्षक नृत्य देख्न सकिने छ भने भक्तपुर का सम्पुर्ण भेषभुषा,परम्परा,रितिरिवाज लाई एउटै फ्रेम भित्र अटाइएको छ ।