रेनु के.सी को मार्मिक गीत “मैले चोट खाँदा” को भिडियो सार्बजनिक

November 15, 2019   Filed under पेज३नेपाल अपडेट >>>> Please Subscribe our Youtube Channel

सन्तोष भट्टराई, नेपालीको मिडिया ।

नेपाली सुगम संगीत संगीतमा आफ्नो पहिचान स्थापित गरि सकेकी गायिका रेनु के.सी को पछिल्लो समय सार्बजनिक भएको गीतको भिडियोको कारण पुनः चर्चा चुलिएको छ । नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाइ सकेकी गायिका केसी को पछिल्लो पटक ‘मैले चोट खाँदा’ को भिडियो सार्वजनिक भएको छ । सञ्चारकर्मी एवं गीतकार लोकराज अधिकारीको शब्द तथा हरी लम्सालको संगीत रहेको छ । गीतमा फणिन्द्र राईले संगीत संयोजन गरेका छन् । सार्बजनिक भिडियो मा नेपाली रजतपटका सर्बाधिक लोकप्रिय नायक राजेश हामलले अभिनय गरेका छन् ।

ओएसआर म्यूजिकको यूट्यूब च्यानलबाट सार्बजनिक गरिएको भिडियोले छोटो समयमा नै दर्शक-श्रोताको मन जित्न सफल भएको मा गायिका रेनु खुसी छिन् । नेपालीको मिडिया संग कुरा गर्दै आफूले गाएको गीतलाई मन पराइदिनु भएकोमा सबै सांगीत पारखीहरुप्रति आभार प्रकट समेत गरेकि छिन् ।

आफूले मिहेनत गरेको गाएको गीतमा नायक राजेश हमाल र अन्य कलाकारहरुको अभिनयका साथै गीतकारको शब्द, संगीतकारको संगीत एबमं संगीत संयोजनको बेजोड मिश्रणका कारण दर्शक-स्रोता को मन छुन सफल भएको ठान्छिन् ।