राइड थ्रु सिन्धुलीगढी-जनकपुर सम्मको कार्यतालिका सार्बजनिक

November 19, 2019   Filed under Visit Nepal 2020 >>>> Please Subscribe our Youtube Channel

सन्तोष भट्टराई, हालखबर ।

हरेक बर्ष सइकलेहरुको पर्व झै बनेको राइड थ्रु सिन्धुलीगढी-जनकपुर-२०१९ यात्रा को यो बर्षको यात्रा तालिका सार्बजनिक भएको छ । सार्बजनिक तालिका अनुसार आगामी मंसिर-६ गते बिहान पशुपतिनाथ मन्दिर मा पर्यटन मन्त्री योगेश भट्टराई द्वारा उद्घाटन हुने कार्यक्रम तय भयेको छ ।

उद्घाटन पश्चात् पशुपतीनाथ-सिनामंगल-कोटेश्वर हुँदै भक्तपुरमा भक्तपुर पर्यटन बोर्ड द्वारा जुजु दही ले स्वागत गर्ने कार्यक्रम रहेको छ । साइकलेहरुलाई बनेपा मा सुलभ सहकारी ले स्वागत सहित खाजा खुवाएर बिगाइ गर्ने कार्यक्रम रहेको छ भने नमोबुद्द नगरपालिका ले भकुन्डे मा स्वागत गर्ने भएको छ । यात्राका क्रममा मंगलटार मा स्वागत गर्ने र सुनकोसी गाउपालिका सिन्धुली ले कुशेश्वोर महादेब मन्दिर परिसर मा माननिय राजन दाहाल , गाउपालिका अध्यक्ष दिपा बोहरा ले स्वागत गर्ने र गाऊपालिकाको संयोजक्त्वमा पहिलो दिनको बिहान को खाना खाने तालिका रहेको छ । साईकलेहरुलाई झाङाझोली का स्थानीय द्वारा स्वागत गर्ने र पुरानो बजार हुँदै रातमाटा हुँदै मुल्कोट पुग्ने तालिका बनेको छ । मुल्कोट बिकास समाज को संम्योजन मा स्वागत सहित सास्कृतिक कार्यक्रम को आयोजना गरि साइकल यात्री लाई पहिलो दिनको रातको बास को ब्यवस्था पनि गरेको छ ।

दोस्रो दिन मुलकोट बाट बिहान सुनकोसी गाउपालिका अध्यक्ष द्वारा साइकल यात्री लाई बिदाइ गर्ने कार्यक्रम रहेको छ भने गोलन्जोर श्रेष्ठ समाज खुर्कोट ले स्वागत सहित बिहान को खाजा खुवाउने तालिका रहेको छ । खनियाखर्क मा हुने जुनार महोत्सव प्रदेस ३ का पर्यटन मन्त्री अरुण नेपाल द्वारा उद्घाटन हुनेछ । साईकलेहरु जुनार महोत्सव मा सहभागी भै त्यहा जुनार सहकारी, जुनार उपभोक्ता संघ द्वारा जुनार को जुस ले स्वागत गर्ने कार्यक्रम रहेको छ र दोस्रो दिनको बिहानको खाना खाने ब्यबस्था गरियेको ऐतिहासिक सिन्धुलीगढीमा गरिएको छ । दोस्रो दिन साँझ साईकल टोली सिन्धुलीमाढीमा कलाघर सिन्धुलीद्वारा सिन्धुलीमाढि मा हुने सास्कृतिक कार्यक्रम मा सहभागी हुनेछन् र राईडथ्रु सिन्धुलीगढीका आयोजकले नेपाल भ्रमण बर्ष-२०२० का अबसरमा “आन्तरिक पर्यटनको बिकास” नारा सहित सिन्धुलीगढीका स्थानिय होटलहरुमा बासको ब्यबस्था गरेको छ ।

तेस्रो दिन बिहान सिन्धुलीमाढीमा नेपाल कपडा तथा सिलाइ ब्यबसायी संघ द्वारा बिहान को खाजा पश्व्यात जनकपुरका लागी बिदाइ गर्ने कार्यक्रम रहेको छ । यात्रामा कमलामाई कृषि तथा पशुपालन फार्म ले माइस्थान मा स्वागत गर्ने र चुरेमा श्रेष्ठ परिवार चुरे ले स्वागत गर्ने तालिका रहेको छ । बर्दिबास मा बार्दिबास नगरपालिका, नेपाल होटेल तथा पर्यटन व्यावसायि संघ महोत्तरी, नेपाल होटेल तथा पर्यटन व्यावसायि संघ प्रदेश न २ ले स्वागत सहित खाना खुवाउने तालिका रहेको छ । बिहानी खाना पश्च्यात सामुदायिक बन महासंघ प्रदेस न २ ले ढल्के मा स्वागत गर्ने छ भने नेपाल भ्रमण बर्ष-२०२० प्रदेस नं-२, जनकपुर मा जनकपुर नगरपालिका , नेपाल सरकार प्रदेश न २ , मोनास्तिक स्कुल, आदि ले स्वागत गर्ने कार्यक्रम रहेको छ ।

चौथो दिन बिहान जनकपुरमा १० किमि यात्रा गरि काठमाण्डौ फर्कने तालिका आयोजकले सार्बजनिक गरको छ। सम्पूर्ण कार्यक्रमको अफिसियल टेलिभिजनको रुपमा “च्यानल४नेपाल” चयन भएको छ । यात्राका सम्पूर्ण भिडियो www.youtube.com/vlognepal यूट्यूब च्यानलमा पनी हेर्न सकिने छ ।