राईड थ्रु सिन्धुलीगढी-जनकपुर को सम्पूर्ण तयारी पूरा

November 21, 2019   Filed under Visit Nepal 2020 >>>> Please Subscribe our Youtube Channel

सन्तोष भट्टराई, हालखबर !

राईड थ्रु सिन्धुलीगढी-जनकपुर को सम्पूर्ण तयारी पूरा भएको जानकारी संयोजक दिपिका ज्ञवालीले हालखबर टिमलाई बताएकी छिन् । शुक्रबार बिहान पशुपतिनाथ मन्दिरबाट १७१ जना साइकल चालकहरु सहितको यात्र शुभारम्भको लागी तयार रहेको जनाएकी छिन् । आज बाट शेवा,जानकारी सहजताका लागी राईड थ्रु सिन्धुलीगढी-जनकपुर को सचिबालय भोलीको उद्गघाटन स्थल पशुपति मन्दिर नजिक “होटल शिवम् प्लाजा” मा स्थापना गरिएको छ ।

भोली जाने राइडरहरुलाई सहज होस् र अन्य जनचासो राख्नेहरुका निम्ति पनी सहज होस् भन्ने कारण सचिबालयलाई सारिएको र सम्पर्क स्थान स्थापना गरिएको संयोजक मध्येका एक हरिकृष्ण श्रेष्ठले बताएका छन् । श्रेष्ठका अनुसार भोली बिहान पशुपती बाट छुटे देखि सोमबार साइकल नबुझाए सम्मका सम्पूर्ण कार्य तालिका तयार बनाई सबै यात्रा समिती-उपसमितीका संयोजकहरुलाई बुझाइ सकिएको र यात्रामा आउन सक्ने अप्ठ्याराहरुलाई समेत मध्यनजर गरी तयारी पूर्ण गरिएको जनाएका छन् ।

१७१ राइडर अनी अफिसियल गरी लगभग २०० जनाको टोली ४ दिने यात्रामा रहेको संमृद्ध सिन्धुली का अध्यक्ष लिलानाथ घिमिरेले बताएका छन् । पत्रकार, कर्मचारी, सहयोगी सहितको यो यात्रा रोमान्चक अनि हरेक सहभागीको लागी स्मरणयुक्त रहने उनले बताएका छन् ।