पशुपती बाट शुरु भएको साइकल यात्रा जनकपुरमा पुग्यो

November 24, 2019   Filed under Visit Nepal 2020 >>>> Please Subscribe our Youtube Channel

सन्तोष भट्टराई,जनकपुर, हालखबर ।

केन्द्रिय राजधानी काठमाण्डौ पशुपतीनाथ मन्दिर बाट शुरु भएको साइकल यात्रा जनकपुरमा आइतबार साँझ आइ पुगेको छ । केन्द्रिय राजधानी काठमाण्डौ ३ नंम्बर प्रदेश बाट शुरु भई २ नंम्बर प्रदेश राजधानी जनकपुरमा रहेको “राम मन्दिर ” प्रांगणमा पुगेर यात्रा सम्पन्न भएको छ ।

नागरिक पर्यटन मन्त्री योगेश भट्टराई ले उद्घाटन गरेका साइकल यात्रा-२०१९ लाई २ नंम्बर प्रदेश जनकपुरमा नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधीले स्वागत गरेका थिए । अनेकता मा एकता नेपालीहरुको पहिचान स्वरुप साइकल यात्रुहरुलाई जनकपुरमा “झिझिया” नाँच द्बारा स्वागत गरिएको थियो । काठमाण्डौ बाट ९ बर्ष उमेरको साइकल चालक देखी ६७ बर्ष उमेरका ब्यक्ति एबमं १८ जना महिला सहित १७१ जनाले सहभागीता जनाएका थिए ।

काठमाण्डौबाट शुरु भएको साइकल यात्रा पहिलो रात मुलकोट दोस्रो रात सिन्धुलीमाढी र तेस्रो रात बास बस्न जनकपुर आइ पुगेको हो । आर्को बर्ष “नेपाल भ्रमण बर्ष-२०२०” नेपाल सरकारले मनाउन गई रहेको अबस्थामा यो साईकल यात्राले हिमाल पहाड र मधेस (तराई) लाई जोड्न र आन्तरिक पर्यटनको मिकासमा टेवा पुर्याउन सफल बन्ने आयोकहरु बताउछन् । जनकपुरको भित्र सडकहरु हुदै काठमाण्डौ बाट साइकलेहरु आइ पुग्दा जनकपुर बासी पनी उत्साहित देखिन्थे । बिश्व साइकल यात्री पुष्कर शाह सहितको टोलीले जनकपुरमा सानो पाइला र ओरेक नेपालले आयोजना गरेको सांगीतिक कार्यक्रम र “झिझिया” नृत्यमा रमाई रहेका देखिन्थे । तिन दिनको साइकल यात्र सकि चौथो दिन टोली काठमाण्डौ फर्कने तालिका रहेको छ ।