सम्पन्न भयो यस बर्षको “राईड थ्रु सिन्धुलीगढी-जनकपुर” मेला

November 26, 2019   Filed under Visit Nepal 2020 >>>> Please Subscribe our Youtube Channel

सन्तोष भट्टराई, हालखबर ।

यस बर्षको “राईड थ्रु सिन्धुलीगढी-२०१९” को यात्रा सोमबार राती मध्यरात बाट सकिएको छ । हुन त साइकल यात्रीहरुको यात्रा आइतबार बेलुकी जनकपुरमा सम्मपन्न भएको हो । तर जनकपुर बाट सोमबार मध्यान्न काठमाण्डौ प्रस्थान गरेको टोली सोमबार राती आ-आफ्नो साइकल आयोजक ले काठमाण्डौमा हस्तान्तरण गरे पछि सकिएको छ ।

८१ जना साईकल यात्री बाट “राईड टु सिन्धुलीगढी” को शुरुवात गरिएका दिनहरु संझदै गर्दा “संमृद्ध सिन्धुली अभियान” का अध्यक्ष लिलानाथ घिमिरे अलिक भाबुक बन्दछन् । आज चौथो संस्करण सम्म आइपुग्दा यस समुह संग साइकल यात्रुको संख्या १७१ पुगेको छ । यस पटकको जनकपुर सम्मको यात्रामा ९ बर्षे बालक देखी ६७ बर्षको बृद्ध ब्यक्ति सम्मले भाग लिएका छन् ।

केन्द्रीय राजधानी काठमाण्डौ बाट शुरु गरिएको यात्रा तेस्रो दिन जनकपुर पुगेको थियो । उद्घाटन पशुपती मण्डब मा पर्यटन मन्त्री योगेश भट्टराईले गरेका थिए भने तेस्रो दिन जनकपुरमा नेपाली कांग्रेसका उपसभापती बिमलेन्द्र निधीले स्बागत गरी सम्पन्न गरेका थिए । हरेक बर्ष झै यो साइकल जात्रामा बुटबल, नारायणगढ, उदयपुर, पोखरा लगायातका स्थानहरुबाट पनी साइकल चालकहरुको समुह ले सहभागिता जनाएका थिए ।