१० दिन पछि छपिया गाउको ब्ल्याक आउट हट्यो

November 30, 2019   Filed under हालखबर अपडेट >>>> Please Subscribe our Youtube Channel

बिद्युतका कर्मचारीहरु कुटिए पछि कपिलस्तुको सुद्धोदन गाउपालिका- १ छपिया गाउमा गरिएको ब्ल्याक आउट हटाइएको छ ।

त्यहा १० दिन देखि ब्ल्याक आउट थियो । चुहावट नियन्त्रण गर्न गएका बिद्युत कर्मचारीहरुलाई अवरोध गरी दुर्ब्यबहार र हातपात गरिए पछि गत मंसिर ४ गते मध्यरातमा छपियामा ब्ल्याक आउट गरिएको थियो । ब्ल्याक आउट गरिदा गाउका ३ सय बढी परिवार अन्धकारमा १० दिन सम्म बस्न बाध्य भएको वडाअध्य तिलकराम यादवले बताए । वडा अध्यक्ष यादवको नेतत्वमा आएका ५० बढी छपियाबासीले नेपाल बिद्यतु प्राधिकरण तौहिलाव बितरण केन्द्रमा घटना प्रति दुःख ब्यक्त गर्दै लिखित र मौखिक क्षमायाचना गरे पछि ब्ल्याक आउट हर्टाईएको तौलिहवा बिततरण केन्द्रका प्रमुख जय कुमार यादवले बताए ।

‘ गाउलेहरुले क्षमायाचन गर्दै आगामी दिनमा चुहावट नियन्त्रणमा सहयोग गर्ने प्रतिबद्धता गरे पछि ब्ल्याक आउट हटाइएको हो ‘ उनले भने । शुक्रवार दिउसो ढेड बजेतिर बिद्यतु सुचारु भएको उनले बताए । गाउबासीहरुले चुहावट नियन्त्रणकालागि ३ वटा छुट्टा छुट्टै समिति समेत निर्माण गरेका छन । गाउमा बिद्यतु चुहावट रोक्ने र चुहावट गर्ने परिवारलाई ५ हजार जरिबाना तिराउने र त्यसमा पनि अटरे गरिए कारबाहीका लागि प्राधिकरणमा पक्राउ गरी बुझाउने गरी गाउीस्तरमा निर्णय भएको वडाअध्यक्ष यादवले बताए । घटनामा कानमा चोट लागेर उपचार गर्राईरहेको बिद्यतुका कर्मचारी प्रवीण आचार्यलाई लाग्ने उपचार खर्चमा समेत सहयोग गर्ने वडा अध्यक्ष यादवले प्रतिबद्धता ब्यक्त गरे ।

गत मंसिर ४ गते साझ बिद्यतु कर्मचारी नेपाल प्रहरी र सशस्त्र प्रहरी सहीतको चुहावट नियन्त्रण टोली गाउ पुगेको थियो । प्राधिकरण कर्मचारीहरुले स्थानीय माहोम्मद युसुफ खा र याकुफ खाको घरमा रहेको बिद्युत मिटरबाट बाईपास गरी बिद्युत चोरेको र हुकिङ समेत गरिएको फेला पारेको थियो । बिद्युत कर्मचारीले मिटर र हुकिङ खोल्नेक्रममा बिद्यतुका कर्मचारीमाथी ती दुइका परिवार र केही गाउलेहरु जम्मा भई दुर्ब्यहवार र कुटपीट समेत गरेका थिए । युसुफ खा र याकुफ खाका बिरुद्ध प्रहरीले गत मंसिर गते नै जाहेरी दिए पनि बिहीवार मात्र दर्ता भएको प्रमुख यादवले बताए । घटना पछि दुबै जना फरार छन ।

दुबैको खोजी कार्य जारी रहेको प्रहरी नायब उपरिक्षक सुनिल मल्ले बताए ।