धारिलो हतियार प्रयाग गरी हत्या एक जनाको हत्या

November 30, 2019   Filed under हालखबर अपडेट >>>> Please Subscribe our Youtube Channel

किरणमान बज्राचार्य,कपिलवस्तु |

कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं. २ गोरुसिंगेमा ५० बषिर्य धनराज पौडेलको हत्या भएको छ । पौडेल आफ्नै घरको कोठामा मृत अवस्थामा फेला परेका थिए ।

शुक्रवार दिउसो घटना भए पनि प्रहरीले साँझ ७ बजे मात्र घटना बारे थाहा पाएको थियो । इलाका प्रहरी कार्यालय गोरुसिंगेका प्रहरी निरीक्षक सुभाष खड्का अनुसार अनुसार पौडेलको घाँटी, टाउँको र शरीरका अन्य विभिन्न स्थानमा गम्भिर चोट छ । उनी अर्घाखाँचीबाट बर्साईसरेर गोरुसिंगे आएका हुन् ।

उनी मंसिर १३ गतेदेखि हराएका थिए । उनी हराएको भन्ने सुचनाको आधारमा प्रहरलिे खोजविन गर्दा कोठामा मृत अवस्थामा फेला परेका हुन् । शुक्रबार साँझ मात्र प्रहरीले उनको शव भेटाएको थियो । उनलाई धारिलो हरियारको प्रयोग गरी हत्या गरेको हुनसक्ने आशंका गरिएको छ । घटनाबारे थप अनुुसन्धान भैरहेको प्रहरी नायब उपरिक्षक सुनिल मल्ले बताए घटनाको आरोपमा प्रहरीले मृतकी बुहारी लक्ष्मी पौडेललाई नियन्त्रणमा लिइएको जनाएको छ ।

शव लाई परिक्षककालागि कपिलवस्तु अस्पताल लगिएको छ ।