सौराह आसपास गैडाले बाली खायो

December 12, 2019   Filed under पर्यटन >>>> Please Subscribe our Youtube Channel

सन्तोष भट्टराई, हालखबर ।

चितवनको पर्यटकिय शहर सौराह आसपासका स्थानहरुमा गैंडाहरु सडकमै देखिनु नौलो कुरा होइन । जंगल सफारी गर्न लगेर गैडा देखाउने प्याकेजमा राखेका ब्यापारीहरु सहजरुपमा गैंडा शहरमा घुमि दिदा यसको महत्व घट्छ भन्ने गर्छन् भने गैडा संग सडकमा सेल्फी खिच्ने पर्यटकहरु पनी मनग्य देखिन्छन् । हुन त गैंडा रिसायो भने र लखेट्न थाल्यो भने मान्छेको ज्यानै समेत लिन पछि पर्दैन तर अचेक सौराहका सडकहरुमा गैडा कहिले काही त जोडी समेत भेटिनु सामान्य जस्तै बनेको छ ।

Posted by Suman Ghimire on Wednesday, 11 December 2019

गाउँमा गैडा पस्नु स्वभाबिक होइन यसलाई संरक्षित स्थानमा नै सिमित रहन दिनु पर्छ भन्ने हाम्रो मान्यता हो तर यति भन्दा भन्दै पनी कहिले काही सडकमै गैडा देखिदिदा पर्यटकहरु उत्साहित हुने र पर्यटकको खुशी देख्दा हामी ब्यबसायी पनी रोमान्चित बन्न पुग्छौ । सौराहका होटल ब्यबसायी सुमन घिमिरे भन्छन् तर अचेल गैडा सडकमा मात्र समित नभएर स्थानियको बाली खान पुग्न थालेको छ । यसरी बाली खाइदिदा स्थानियहरुले धपाउन ढुंङ्गा प्रहार गर्न थालेका छन् । चोटले हिंम्र्सक भइ दिएमा गैंडा ले सौराह आसपास का बस्तीमा छिरेर मानबिय क्षति नपुर्याउला भन्न सकिन्न त्यसेले सम्बन्धित निकायले ध्यान पुर्याओस् उनी भन्न चाहन्छन् ।

नेपाल भ्रमण बर्ष-२०२० लक्षित गरेर बिभिन्न प्याकेजहरु सार्बजनिक गरि रहेका सौराहका पर्यटन ब्यबसायीहरु एकातिर उत्साहित छन् भने आर्को तिर गैडाको उचित ब्यबस्थापनमा ढिलाइ गरिएको मा चिन्ता पनी ब्यक्त गर्दछन् । पर्यटकहरु हेर्न आउने र जंगलमा सफारी गर्न रुचाउने नै यस्ता जनावरहरु देख्न सकिन्छ भनेर हो । पर्यटक लिएर हामी जंगल छिर्ने जनावार चाहि शहर घुम्न निस्किने भयो भने त कसरी होला र ?? जंगल सफारी गराउने अर्का गाडइ हामीलाई प्रति प्रश्न गर्दछन् ।

सौराहका सडकमा भेटिने गैडाहरुको उचित ब्यबस्थापन गरोस् सम्बन्धित निकालाई हाम्रो पनी ध्यानाकर्षण !