अवैध रुपमा भन्सार छलि लैजान लागेको सुन तथा ल्यापटप सहित पक्राउ

December 20, 2019   Filed under हालखबर अपडेट >>>> Please Subscribe our Youtube Channel

त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको पार्किङ एरियाबाट अवैध रुपमा भन्सार छलि संलकन गरी लैजान लागेको १ सय ४९ ग्रामको सुनको बाला ३ थान र ल्यापटप ३ थान सहित काठमाडौं महानगरपालिका-७ चाबहिल मैजुबहाल बस्ने सर्लाही लालबन्दी नगरपालिका-५ घर भएका २३ वर्षीय बिक्रम पोखरेललाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

बाहिरी मुलुकबाट काठमाडौं आएका यात्रुहरुलाई भन्सार छलि गर्न लगाई उक्त परिमाणको सुन र ल्यापटप संकलन गरी लैजान लागेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

साथै नेपाल एयरलाइन्सको उडानद्वारा दुबइबाट काठमाडौं आएका पर्बत फलेवास नगरपालिका-११ घर भएका राहदानी नम्बर ०५७२५०८१ वाहक २७ वर्षीय बिनोद कडेंललाई भन्सार छलि लैजान लागेको ९९ गाम्रको सुनको बाला २ थान सहित बिहीबार प्रहरीले पक्राउ गरेको छ । बिमानस्थलको पार्किङ एरियामा जाँच गर्ने क्रममा उनलाई उक्त परिमाणको सुन सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ दुवै जनालाई बरामद सुन तथा ल्यापटप सहित आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि त्रिभुवन बिमानस्थल भन्सार कार्यालय गौचर पठाइएको अन्तर्राष्ट्रिय बिमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।