नेपाल भ्रमण बर्ष-२०२० का अबसरमा भ्रमण बर्ष सचिबालय र टर्किस एयर बिच संम्झौता

December 20, 2019   Filed under पर्यटन >>>> Please Subscribe our Youtube Channel

सन्तोष् भट्टराई, नेपालीको रेडियो, कामाण्डौ ।

अंग्रेजी नयाँ बर्ष-२०२० लाई नेपाल सरकारले नेपाल भ्रमण बर्षका रुपमा मनाउन गइरहेको छ। यस अबसरमा सरकारका तर्फबाट भ्रमण बर्ष सफल पार्नका लागी बिभिन्न प्रसार प्रचारका कार्यक्रमहरु सार्बजनिक गर्दै पनी आई रहेको छ । यसै सन्दर्भवा आज नेपाल भ्रमण बर्ष २०२० को सचिबालयमा भ्रमण बर्ष सफल पार्न सहयोगी भूमिका निर्बाह गर्न र गराउन सहाकर्य गर्दै नेपाल संग सिधा यूृरोप जोड्ने बिमान शेवा टर्किस एयरलाइन्स संग संम्झौता गरेको छ ।

सचिबालयको कार्यालयमा एक समारोहका बिच नेपाल भ्रमण वर्ष सचिवालयका संयोजक सुरज वैद्य तथा एयरलाइन्सका देशीय निर्देशक अब्दुल्हा टंसर केसेसीबीच आठ बुँदे सम्झौतामा हस्ताक्षर भएको छ । सो अवसरमा संयोजक वैद्यले नेपाल जस्तो भूपरिवेष्ठित मुलुकका लागि हवाई सम्पर्क सञ्जालको ठूलो भूमिका हुने बताउँदै नेपाल उडानमा केही महँगो भए पनि टर्किस एयरलाइन्सले निरन्तर हवाई उडान गरेर नेपालको पर्यटन क्षेत्रमा योगदान गरिरहेको उल्लेख गर्दै बिमान शेवा प्रति आभार प्रकट गरेका छन् । कार्यक्रममा बिमानशेवाका तर्फबाट निर्देशक अब्दुल्हा ले नेपाल भ्रमणबर्ष-२०२० लाई सफल पार्न आफ्नो बिमानशेवाले कुनै कसर नछोड्ने बताएका छन् ।