सरद मेमोरियल टेनिसमा मिन थापा र अपुर्व थापा को जोडी बिजयी

December 29, 2019   Filed under खेलकुद >>>> Please Subscribe our Youtube Channel

सन्तोष भट्टराई, हालखबर सम्बाददाता ।

शनिबार बिहान नौलिन स्पोर्टस भिल्ला,काठमाण्डौमा आयोजना गरिएको सरद मेमोरियल सिनियर्स डबल टेनिसमा मिन थापा र अपुर्व थापा को जोडी बिजयी भएका छन् । करिब ४१ जनाको प्रतियोगीहरु मध्ये बाट शनिबारको फाइनल खेलमा बिजेता समूहले सिजर गुरुङ्ग र प्रकाश बोगटीको टोलीलाई हराएको थियो ।

स्व.सरद श्रेष्ठको संम्झनामा उनका परिबार का तर्फबाट यो टुर्नामेन्टको आयोजना गरिएको थियो । समापन समारोहमा आयोजकका तर्फबाट स्व.सरद श्रेष्ठका दाजु सुनिल श्रेष्ठले खेलले मानिसलाई अनुशासित र मर्यादित बनाउने भन्दै छोटो समयमा आयोजना गरिएको टुर्नामेन्टमा सहभागी सबैलाई धन्यबाद दिएका थिए । सथै सुनिल श्रेष्ठले यो खेल सम्पन्न गर्न स्कटल्याण्ड बाट नेपाल सम्म आउने आफ्नी श्रीमती, छोरी, एबमं परिबारका अन्य सदस्य साथै साथीभाइ एबमं खेलमैदान उपलब्ध गराउने नौलिन स्पोर्ट्स भिल्लालाई धन्यबाद दिएका थिए । सडक दुर्घटनमा काठमाण्डौको सोर्हखुट्टेमा ज्यान गुमाएका भाइ स्व.सरद श्रेष्ठ पनी खेलकुद मन पराउने भएकोले हरेक बर्ष आयोजना गर्ने लक्ष सहितको यो सिनियर सिटिजन्स डबल टेनिस प्रतियोगीतामा ४५ देखी ७५ बर्ष सम्मका खेलाडीहरुको सहभागिता रहेको थियो ।

बिजेता समुहले नगद ३० हजार सहित ट्रफि र उपबिजेता समुहले नगद १५ हजार सहित ट्रफि प्राप्त गरेका छन् । बिजेता तथा उपबिजेता समुहका खेलाडीहरुलाई स्व.सरद श्रेष्ठ की माता शान्ता श्रेष्ठले नगद तथा ट्रफि बितरण गरेकि थिइन् ।