अवैध रुपमा लुकाई छिपाई ल्याएको सुन सहित पक्राउ

January 1, 2020   Filed under हालखबर अपडेट >>>> Please Subscribe our Youtube Channel

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार एरियाबाट अवैध रुपमा लुकाई छिपाई ल्याएको ५ सय ग्राम सुन सहित राहदानी नम्बर आर ७६३८८७३ वाहक भारतीय नागरिक सुनिल हरिराम रोरालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

फ्लाई दुबईको उडानद्वारा काठमाडौं आएका उनलाई उक्त स्थानमा खटिएको प्रहरी र भन्सार विभागको संयुक्त टोलीले जाँच गर्ने क्रममा उक्त परिमाणको सुन सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिहेको छ ।