जुवातास खेलिरहेको अवस्थामा काठमाडौं र महोत्तरीबाट १२ जना पक्राउ

January 1, 2020   Filed under हालखबर अपडेट >>>> Please Subscribe our Youtube Channel

काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित मकवानपुर हेटौंडा घर भएका ४२ वर्षीय सुकराम राईको राईगाँउ टिकट काउन्टरमा जुवातास खेलिरहेको अवस्थामा कलंकी बस्ने सुनसरी भासी नगरपालिका-१ घर भएका ३१ वर्षीय दिनेश भुजेल लगायत ५ जनालाई नगद ३० हजार ५ सय ५० रुपैयाँ र २ बुक तास सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

महोत्तरी, बर्दिबास नगरपालिका-१ डेरा गरी बस्ने भारत बिजनौर थाना नुरढर ग्राम पंचायत-२ बस्ने ३२ वर्षीय रिंकु सिंह भन्ने अमृत सिंह बाटीया सहित ७ जनालाई जुवातास खेलिरहेको अवस्थामा नगद २ लाख १० हजार ५ सय ७५ रुपैयाँ र ३ बुक तास सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।