चुनौती बन्दै हात्तीपाईले रोग निवारण , ११ बर्षे अभियानमा पनि घटेन हात्तीपाईले रोगी

January 1, 2020   Filed under जिल्ला खबर >>>> Please Subscribe our Youtube Channel

किरणमान बज्राचार्य, कपिलबस्तु |

कपिलवस्तुमा हात्तीपाईले रोग निवारणकालागि ११ बर्ष देखि अभियान जारी छ । तर अभियानले अझै सार्थकता पाउन सकेको छैन । हात्तीपाईले रोग निवारणकालागि लगातार १० बर्ष सम्म जिल्ला स्वास्थ्य कार्यालयको अगुावईमा अभियान गरियो ।

त्यो अभियान पछि जिल्लामा नमुना रक्त परिक्षण गर्दा साढे १२ प्रतिशतमा रोगको संक्रमण फेला पर्यो । नया संरचना अनुसार स्थानीय निकायको निर्वाचन पछि गत बर्ष देखि पालिकाहरुको अगुावईमा अभियान संचालन भएको थियो । जिल्लाका १० पालिकामा गत बर्षको फागुन १५ देखि एक साता सम्म हात्तीपाईले बिरुद्धको अभियान संचालन गरिएको थियो । ५ लाख ८१ हजारलाई हात्तीपाइले बिरुद्धको अभियानमा औषधी खुवाउने लक्ष्य लिइएकोमा गत बर्ष ५६ प्रतिशतले मात्र औषधी खाएको जिल्ला स्वास्थ्य कार्यालयका बरिष्ठ जनस्वास्थ्य अधिकृत योगेन्द्र्र भगतले बताए ।

कपिलवस्तुमा हात्तीपाईले रोग निवारण चुनौती बनेको छ । बिगत एघार बर्ष देखि ११ चरणको कार्यक्रम संपन्न भए पनि हात्तीपाईले रोगको निवारण हुन सकेको छैन । लागतार ५ बर्ष सम्म हात्तीपाईले बिरुको औषधी सेवन गरिए शरीरमा हात्तीपाईले रोगको परजवीले गर्ने संक्रण रोक्ने स्वास्थ्यकर्मी बताउछन । तर जिल्लामा ११ औ चरणको कार्यक्रम सकिदा पनि हात्तीपाईले रोग निवारण नहुदा यसले ठुलो जन स्वास्थ्य समस्या खडा गरेको हो । स्वास्थ्य कार्यालय अनुसार साढे बाह्र प्रतिशतमा अझै हात्रीपाईले संक्रमिण भेटिएको छ ।

हात्तीपाइले रोगी बढी रहेको जिल्लामा सुचीकृत यहा बिगत २०६४ देखि लगातार अभियान संचालन गरिएका छन । तर हात्ती पाईलेका रोगीहरुको संख्या भने घटेका छैनन । २०२० भित्र हात्तीपाईले रोगीको संख्या १ प्रतिशत भन्दा कममा झर्ने सरकारी योजना छ । सो अवधिमा यसको निवारण निकै चुनौतीपुर्ण रहेको स्वास्थ्यकर्मी बताउछन ।