किशोरकिशोरी मैत्री सेवा केन्द्र संचालन बारे अभिमुखीकरण

January 1, 2020   Filed under जिल्ला खबर >>>> Please Subscribe our Youtube Channel

कपिलवसतुको तौलिहवामा किशोरकिशोरी मैत्री सेवा केन्द्र संचालन बारे अभिमुखीकरण संपन्न गरिएको छ । युएनएफपिएको सहयोमगा नेपाल परिवार नियोजन संघको आयोजनानमा अभिमुखीकरण गरिएको हो ।

बिद्यालयमा किशोरकिशोरी मैत्री सुचना केन्द्र स्थपना र ब्यवस्थापन तथा त्यसका बिषयमा जानकारी गराउन अभिमुखीकरण गरिएको कार्यक्रमकी फोकल पर्सन सुसमा आचार्यले बताईन । कार्यक्रममा जिल्लाका ३ स्थानीय तहका ३ बिद्यालयका शिक्षक, बिद्यार्थी, ब्यवस्थापन  समितका सदस्य, पालिकाका प्रतिनधिको पनी सहभागीता थियो । कपिलस्तु नगरपालिकाको तिलौराकोट माबि, सुद्धोदन गाउपालिकाको सन्तकुमार शेरचन माबि र शिवराज नगरपालिको समयमाईथान माबिका बिद्याथीृ शिक्षकहरु सहाभागी थिए । सो अवसरमा कार्यक्रमका सहजकर्ता तथगा सिसि नेपालका कार्यकारी निेर्देशकले बिश्व र नेपालको किशोर किशोरीको अवस्था बारे जानकारी गराएका थिए ।

नेपालमा कुल २४ दशमलव १९ प्रतिशत किशोरकिशोराहरु रहेको छन भने बिश्वमा १ अर्व ८० करोड छन । किशोर किशोरीहरुमा गरिएको आनाबानीले गदौ पछि गएर ७० प्रशितको मृत्युको कारण हुने गरेका छन । सडक दुर्घटना, आत्महत्या मानसिक समस्या लगायतमा समेत किशोरकिशराहरु फस्ने गरेको अध्ययनबाट देखिएको छ । यस्तै बालविवाह अर्को जटिल समस्या देखिएको सहजकर्ता सुबेदीले बताए । बिद्यलायमा किशोरकिशोरी मैत्री सेवा केन्द्र स्थापना गरी उनीहरुलाई संवाद र अध्ययन मार्फत सही सुचना प्रदान गर्नु पर्ने उनले बताए । सो अवसरमा सहभागी ३ वटै बिद्यालयले कार्ययोजना बनाई आगमी माघ भित्र केन्द स्थपना गर्ने जनाएका छन । कार्यक्रममा जिल्ला शिक्षा समन्वय अधिकारी थानेश्वर घिमिरे, युएनएफपीएका जिल्ला प्रमुख चित्र महतो लगायतको सहभागीता थियो ।

बडाका का प्रतिनिधि तथा विद्यालयका प्रधानाध्यापक, प्राचार्य, विषयगत शिक्षक लैगिक फोकल पर्सन तथा छात्रछात्राहरु गरी ४८ जना भन्दा बढीको सहभागीता थियो ।