प्रभु बैकको तौलिहवामा शाखा बिस्तार

January 1, 2020   Filed under जिल्ला खबर >>>> Please Subscribe our Youtube Channel

कपिलबस्तुको सरदमकाम तौलिहवामा प्रभु बैंकको शाखा विस्तार गरिएको छ ।

बैंकले आईतावार २ सय २ औं शाखाको रुपमा तौलिहवामा शाखा बिस्तार गरेको हो । कपिलबस्तु नगरपालिकाका मेयर किरण सिंहले पानसमा दीप प्रज्जवल पछि रिबन काटेर शाखाको उदघाटन गरेका छन् । मेयर सिंहले पछि परेको तौलिहवामा धमाधम बैक स्थपना हुनु सकारात्मक कुरा भएको बताए । उनले बिस्तारै कपिलस्तु नगर क्षेत्रमा बैकको पहँच पुग्ने बिश्वास त्तब्यक्त गरे । उनले प्रभु बैंकले पनि जनतालाई स्तरीय सेवा दिनु पर्ने बताए । बैंकको यो अभियानले देशभरिनै बैंकिङ पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको उनले बताए ।

बैकको १४ लाख भन्दा बढी ग्राहक, १ सय १४ अर्व निक्षेप, ९८ अर्ब लगानी, १० अर्ब पुँजी सहित ग्राहकलाई सेवा दिएको प्रभु बैंकका प्रमुख क्षेत्रीय अधिकृत सुनिल रानाले बताए । प्रभु बैंकले भन्सार, मालपोत र कार लगायतका कार्यलयमा ३८ वटा एक्सटेन्सन काउन्टर, १७ वटा शाखा रहित सेवा केन्द्र र १सय ५२ एटियम सहित सेवा दिएको रानाले बताए ।
कार्यक्रममा तौलिहवा उद्योग वाणिज्य संघका अध्यक्ष गयादीन कुर्मी, कपिलबस्तु नगरपालिका वडा नं. १ का वडा अध्यक्ष सुदिप पौडेल, सुठौली भन्सार प्रमुख तीर्थ राज पासवान, पशुपति प्रताप पुस्ताकालयका अध्यक्ष राजेश कुमार पाण्डेय लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायतको सहभागिता रहेको थियो ।