बढ्यो ईन्धनको मूल्य

January 2, 2020   Filed under हालखबर अपडेट >>>> Please Subscribe our Youtube Channel

नयाँ बर्ष २०२० को पहिलो रात बाटै लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ ।

पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढाइएको निगमले जनाएको छ ।

पेट्रोलको मूल्य अब प्रतिलिटर १११ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको १ सय रुपैयाँ पुगेको छ । यसअघि इन्डियन आयल कर्पोरेशनले डिसेम्बर १६ मा पठाएको मूल्य अनुसार नेपाल आयल निगमले पुस १ गते डिजेल र मट्टीतेलको मूल्य समायोजन गरेको थियो ।

बढेको सबै मुल्य बुधबार मध्यरात बाट नै लागु भएको निगमले जनाएको छ । हवाई ईन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने पुरानै रहेको निगमले जनाएको छ ।