बुधबार बिहानै ५ः१९ बजे काठमाण्डौमा भूकंम्पको धक्का

September 16, 2020   Filed under हालखबर >>>> Please Subscribe our Youtube Channel

बुधबार बिहानै सिन्धूपाल्चोक जिल्लाको राम्चे भन्ने स्थानमा केन्द्रबिन्दु बनाएर ६ रेक्टरस्केलको भूकंम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

बिहान सबेरै गएको भूकंम्पको झट्का काठमाण्डौ उपत्यका र आसपासका जिल्लाका नागरिकहरुले महशुस गरेका थिए ।

सिन्धुपाल्चोक जिल्लामा यस बर्ष बिपत्त ले छोडेको छैन । बाढीले क्षती पुर्याएको सिन्धुपाल्चोकमा पछिल्लो समय पहिरोले धन्य जन को क्षति ब्यापक भएको छ ।

यस अघि पहिरो गएको जुरे नजिक केन्द्रबिन्दु बनाएर गएको ६ रेक्टर स्केलको आजको भूकंम्पको क्षति बिहान ७ः३० बजे सम्म जिल्लामा आइ नसकेको प्रमुख जिल्ला अधिकारीले जानकारी गराएका छन् । यधपी धाँजा फाटेको डाँडा अनि अबिरल बर्षा का कारण छिरेको पानीका कारण भूकंम्प पछि कतै फेरी पहिरो जाने हो कि भनेर स्थानिय प्रशासन र सुरक्षाकर्मी तयारी अबस्थामा रहेको बताएका छन् ।