असोज १ गते बाट होटल तथा रेष्टुरेन्ट ब्यबसाय खोल्न पाइने

September 16, 2020   Filed under हालखबर >>>> Please Subscribe our Youtube Channel

काठमाण्डौ जिल्ला प्रशासन कार्यालयले यस अघि कोरोना संक्रमण न्यूनिकरण गर्ने भन्दै टेक अवेमात्र सञ्चालन गर्न दिइएको अब होटल तथा रेष्टुरेन्टहरुलाई खुला गर्न अनुमति दिइएको छ ।

असोज १ गते बाट काठमाण्डौ उपत्यका भित्रका होटल तथा रेष्टुरेन्ट ब्यबसाय स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर रेष्टुरेन्ट,होटल शेवा सुचारु गर्न गृहमन्त्रालय संग को छलफल पछि स्वीकृती दिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताएका छन् ।

सैलुन तथा ब्युटी पार्लर, सिनेमा हल र जिम, पब र स्पा भने खोल्न पाइने छैन। यस्तै, शैक्षिक संस्था, सभा समारोह, पार्टी तथा विरोध र्‍याली र सभामा लगाइएको रोक पनि कायमै राखिएको छ ।
कोरोना संक्रमण नियन्त्रणमा आएको नभएर संक्रमित दिन प्रतिदिन बढ्दै जाँदा पनी नेपालीहरुको प्रमुख चाड नजिएको भन्दै जनता आफैले सरकारले तोकेको स्वास्थ्य मापदण्ड भित्र रहेर दिनचर्या कायम राख्न निर्देशन दिइएको छ ।