बुधबार नेपालमा थप १५३९ जनामा कोरोना संक्रमण पुष्टि

September 16, 2020   Filed under हालखबर >>>> Please Subscribe our Youtube Channel

बुधबार २४ घण्टामा देशभर थप १५३९ जनामा कोरोना संक्रमण पुष्टि भएका छन् । स्वास्थ्य मन्त्रालयद्वारा बुधबार गरिएको नियमित प्रेस ब्रिफिङमा संक्रमि संख्याको बारेमा जानकारी गराईएको हो ।

१५३९ जनामा कोरोना संक्रमण पुष्टि भएको यससँगै देशमा हालसम्म कुल काेराेना संक्रमितकाे संख्या ५८ हजार ३२५ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमित १६ हजार २४२ जना रहेको छ ।

२४ घण्टामा थप १०६८ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

यो सँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ४१ हजार ७०६ पुगेको छ ।

पछिल्लाे २४ घण्टामा काेराेनाबाट ८ जनाकाे मृत्यु भएकाे छ । याेसँगै काेराेनाबाट नेपालमा ज्यान गुमाउनेकाे संख्या ३७९ पुगेकाे छ ।