बुधबार काठमाण्डौ उपत्यकामा ७३७ संक्रमित पुष्टि

September 16, 2020   Filed under हालखबर >>>> Please Subscribe our Youtube Channel

बुधबार नेपाल सरकार स्वास्थ्य मन्त्रालयको दैनिक प्रेस ब्रिफिङमा काठमाडौँ उपत्यकामा थप ७३७ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाईएको छ । नियमित प्रेस ब्रिफमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौँमा उपत्यकामा थप ७३७ मा काेराेना पुष्टि भएकाे जानकारी दिए । काेराेना संक्रमितमध्ये काठमाडौंँमा मात्रै ६५२ जना रहेका छन् भने भक्तपुरमा २५ र ललितपुरमा ६० जना रहेका छन् ।

नेपालमा बुधबार मात्रै थप १५३९ जनामा कोरोना संक्रमण पुष्टि भएका छन् । बुधबार समेत पुष्टी भएका संगै देशमा हाल सम्म कुल काेराेना संक्रमितकाे संख्या ५८ हजार ३२५ पुगेका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रबक्ताका अनुसार हाल देशभर सक्रिय संक्रमित १६ हजार २४२ जना रहेको छ । २४ घण्टामा थप १०६८ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ४१ हजार ७०६ पुगेको छ ।

पछिल्लाे २४ घण्टामा काेराेनाबाट ८ जनाकाे मृत्यु भएकाे छ । याे सँगै काेराेनाबाट नेपालमा ज्यान गुमाउनेकाे संख्या ३७९ पुगेकाे छ ।