काठमाण्डौ उपत्यका मा संक्रमित को संख्या उकालो लाग्दै

September 19, 2020   Filed under हालखबर >>>> Please Subscribe our Youtube Channel

जिल्ला प्रशासनले लगाएको निषेधाज्ञा लगायत सरकारले लगाएको सार्बजनिक यातायातको लामो दूरीको संञ्चालन खुलेको छ ।

बाक्लो बस्ती साथै मानिसको घुलमिल ले हो या काठमाण्डौ उपत्यकाबासीले परिक्षण बढाएकाले हुन् काठमाण्डौ उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ ।

शनिबार नेपाल सरकार स्वास्थ्य मन्त्रालयले गरेको पत्रकार जानकारी मा मन्त्रालयका प्रबक्ताले शनिबार काठमाडौं उपत्यकामा ७११ जना नयाँ संक्रमित थपिएको बताएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार, शनिबार काठमाडौंमा ५७० , ललितपुरमा ५८ र भक्तपुरमा ८३ जना संक्रमित थपिएका छन् ।

साथै शनिबार मात्रै काठमाण्डौ र ललितपुरमा कोरोना संक्रमित पुष्टी भएका ५ जना बृद्धा को मृत्यु भएको छ ।