प्रहरीलाई ढुङगा प्रहार गरेको अभियोगमा पक्राउ

September 19, 2020   Filed under अन्य खबर >>>> Please Subscribe our Youtube Channel

पौवादुङमा गाउँपालिका-५ स्थित अँधेरी घाटमा ड्युटीमा खटिएको प्रहरीलाई ढुङगा प्रहार गरेको अभियोगमा सोही गाउँपालिका-५ लुगुवा बस्ने २६ वर्षीय संगीन राईलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

राईले मादक पदार्थ सेवन गरी धरानबाट स्कुटर लिई आउने क्रममा प्रहरीले उक्त नाकाबाट प्रवेश गर्ने बिषयलाई लिएर राईले प्रहरी हवल्दारलाई ढुङगा प्रहार गरेका हुन् ।

ढुङगा प्रहारबाट घाइते प्रहरी हवल्दारको बिराट मेडिकल कलेज बिराटनगर मोरङमा उपचार भइरहेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।