शनिबार एकै दिन १२०४ जना कोरोना संक्रमित भेटिए

September 19, 2020   Filed under हालखबर >>>> Please Subscribe our Youtube Channel

शनिबार नेपालमा एकै दिन १२०४ जना कोरोना संक्रमित पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रबक्ताले पत्राकार जानकारीमा जनाएका छन् । स्वास्थ्य मन्त्रालयले जानाए अनुसार काठमाडौं उपत्यकामा ७११ जना संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ५७० जना, भक्तपुरका ८३ र ललितपुरका ५८ जना छन् ।

काठमाण्डौ उपत्यका बाहिर बारामा १११ जना, नवलपुरमा ४५, मोरङमा ३३, दाङमा २८, सुनसरीमा २३, दार्चुलामा २१, बाँकेमा २०, सप्तरीमा १९, मकवानपुरमा १८, सर्लाहीमा १५, काभ्रेमा १४ तथा धादिङ र कास्कीमा १३/१३ जनामा संक्रमण पुष्टि भएको जनाईएको छ । शनिबार नै कोरोना पुष्टी भएका अन्य स्थानमा तनहुँ र लमजुङका ५/५ जना, नुवाकोट, सिन्धुपाल्चोक, गोरखा र बर्दियाका ४/४ जना, ओखलढुंगा, स्याङ्जा, अर्घाखाँची, कपिलवस्तु, सुर्खेत, डडेलधुरा र बैतडीका ३/३ जना, रामेछापका ९ जना, सिराहा र कैलालीका ८/८ जना, चितवन र सिन्धुपाल्चोकका ७/७ जना, झापा र पर्साका ६/६ जना, दोलखा, धनुषा, रौतहट, पर्वत, पाल्पा, दैलेख र कञ्चनपुरका २/२ जना तथा खोटाङ, महोत्तरी, नवलपरासी, प्युठान र रुपन्देहीका १/१ जनामा संक्रमण देखिएको छ ।