बुटवलबाट चार दिनदेखि हराएका स्वास्थ्यकर्मीको शव तिलोत्तमामा भेटियो

September 21, 2020   Filed under हालखबर >>>> Please Subscribe our Youtube Channel

बुटवल बाट चार दिन देखि बेपत्ता सिनियर अहेब बिष्णु प्रसाद नेपालको शव फेला परेको छ ।

उनको सोमबार बिहान तिलोत्तमा-१६ मधवलिया,बिहुली नहरमा शव फेला परेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

नेपाल बिहीबार राति १२: १५ बजे बुटवल उपमहानगरपालिका–९ स्थित होटल पार्क प्लाजाबाट लु.२०.प-४०६७ नंम्बरको को मोटरसाइकलमा निस्केकोमा घरमा नगई बेपत्ता भएका थिए ।

नहरमा पानीको बहाब उच्च रहेकाले उनी सोही नहर खसेको हुन सक्ने आशंकामा प्रहरीले नहरको पानी बन्द गरेर उनको खोजी गरि रहेको थियो ।

शुद्धोधन गाउापालिका–४ का ४४ वर्षीय नेपाल मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्रमा सिनियर अहेबको रुपमा कार्यरत रहेका थिए ।

नेपाल सोही ठाउँमा रहेको भावना मेडिकल हलका सञ्चालक समेत हुन् ।

मृतक अहेब बिष्णु प्रसाद नेपालका श्रीमती र एक छोरा रहेका छन् ।