कारागारमा रहेका एकजनाको मृत्यु, परिवारजन द्धारा हत्याको आशंका

September 22, 2020   Filed under हालखबर >>>> Please Subscribe our Youtube Channel

मंगलबार काठमाण्डौ स्थित बीरअस्पताल मा कर्तव्य ज्यान मुद्धामा केन्द्रीय कारागारमा रहेका रुपन्देहीका जैसवाल थर भएका एक ब्यक्तीको मृत्यु भएपछि दिनभरी नै वीर अस्पताल तनाबमा रह्यो । केन्द्रिय कारागार सुन्धारा काठमाडौंमा विगत केही वर्ष देखि कैद भुक्तान गरिरहेका रुपन्देहीको भैरहवाका ६३ वर्षिय रामलखन जयसवालको गत शनिबार मृत्यु भएको जनाइएता पनी परिवारले शरिरको माथिल्लो भागमा घाउ चोटपटक देखिएको ले हत्या गरिएको भन्दै निष्पक्ष जाँच को माग गेरेका छन् ।

गत शनिबार राती साढे ११ बजे मृत्यु भएको खबर परिवारलाई दिए पछि मुद्धाको सजाय काटिरहेका रुपन्देहीको सिद्धार्थनगर नगरपालिका बैकरोडका जयसवाल यही असोज २२ गते जेल मुक्त हुने तय भएका जयसवालको परिवार काठमाण्डौ आइपुगेको थियो ।

काठमाण्डौ आइपुगे पछि पनी मृतकलाई हेर्न नदिएको र मंगलबार कोरोना पुष्टी भएको ले झन हेर्न नमिल्ने अस्पताल प्रशासनले बताए पछि मृतकको छोरीले मुर्दा घरमा पुगी टाउको ढाकेर राखेको आफ्नो बाबुको अनुहार झ्यालबाट ढाकेको कपडा हेरेपछि चोटपटक देखेर मोबाइलबाट भिडियो र फोटो लिइ सडकमा रहेका पत्रकारहरुलाई दिएकी थिइन् । मृतककी छोरी मार्फत बाहिरिएको फोटो भिडियोमा मृतक जयसवालको टाउकोमा, आँखा,मुख मा प्रष्ट चोटपटक जस्तो देखिन्छ भने शरिर र पाखुरामा पानी भरिएको फोका देखिन्छ । अतः उपस्थित सम्पूर्ण बटुवाले समेत निष्पक्ष जाँचको माग राखेका छन् ।