नेपालमा आज थप १ हजार ५ सय १३ जना कोरोना संक्रमित थपिए

September 29, 2020   Filed under हालखबर >>>> Please Subscribe our Youtube Channel

नेपालमा आज थप १ हजार ५ सय १३ जना कोरोना संक्रमित थपिएका छन् ।

यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७६ हजार २ सय ५८ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार इलाम, ओखलढुङगा, भोजपुर, रामेछाप, सिन्धुपाल्चोक, डढेलधुरा, डोटी, रोल्पा र रुकुम पश्चिममा १÷१जना, उदयपुर, तेह्रथुम, महोत्तरी, गोरखा, गुल्मी र स्याङ्जामा २÷२ जना, झापामा ९, मोरङमा १०१, सुनसरीमा ३२, धनुषामा १०, पर्सामा २३,सप्तरीमा ५, सर्लाहीमा ६, सिरहामा ८, काठमाडौँमा ७४७, काभ्रेमा १३, चितवनमा ६२, धादिङ, नुवाकोट र बारामा ४÷४ जना, भक्तपुरमा ७३, मकवानपुरमा ६, ललितपुरमा ११४, सिन्धुलीमा ३ र कास्कीमा १६, जनामा कोरोना पुष्टि भएको छ ।

यसैगरी नवलपुमा १५, कपिलवस्तुमा १८, दाङमा ११, पश्चिम नवलपरासीमा ५, पाल्पामा ६, बर्दियामा १९, बाँकेमा ४१, रुपन्देहीमा ९५, कञ्चनपुरमा ८, कैलालीमा २७, र बैतडीमा ७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज ७३१ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । हाल सम्म डिस्चार्ज हुनेको संख्या ५५ हजार ३ सय ७१ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १० हजार ८ सय ९१ जनाको पीसीआर परीक्षण गरिएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या २० हजार ३ सय ९६ रहेको छ ।

हाल ५ हजार ७ सय ७८ जना क्वारेन्टिनमा छन् । भने स्वास्थ्य मन्त्रालयका अनुसार देशभर २ सय १३ जनाको आईसीयुमा र ३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको वताईएको छ ।

नेपालमा आज थप १० जनाको कोरोना भाइरस संक्रमण बाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा ३ जना महिला र ७ जना पुरुष रहेका छन् । यो सँगै नेपालमा हाल सम्म कोरोना बाट ज्यान गुमाउनेहरुको संख्या ४९१ पुगेको छ ।