कपिलवस्तुमा मृत्यु भएका पत्रकारमा कोरोना संक्रमण पुष्टि

September 8, 2020   Filed under हालखबर >>>> Please Subscribe our Youtube Channel

कपिलवस्तुमा मृत्यु भएका एक पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको छ ।

कपिलवस्तुको तौलिहवाका ६२ वर्षीय पत्रकारको सोमबार दिउँसो मृत्यु भएको थियो । मृत्युपछि स्वाब संकलन गरेर लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा परीक्षण गर्दा कोरोना पुष्टि भएको हो ।

ती पत्रकारमा उच्च रक्तचाप, मधुमेह र मिर्गौला समस्या थियो । घरमै रहेका बेला अचानक स्वास्थ्यमा समस्या आएपछि उनलाई जिल्ला अस्पताल तौलिहवा पुर्‍याइएकोमा अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएको हो ।

नेपालमा कोरोना संक्रमणबाट पहिलो पटक पत्रकारको ज्यान गएको हो ।