रुपन्देहीका प्रमुख जिल्ला अधिकारीे घिमिरेको तस्करीको विषयमा कुनै सम्झौता नगर्ने ठोकुवा

September 10, 2020   Filed under हालखबर >>>> Please Subscribe our Youtube Channel

रुपन्देहीका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले तस्करीको विषयमा कुनै खालको सम्झौता नहुने ठोकुवा गर्नुभएको छ । भन्सार छलेर अवैध रुपमा सामानहरु ल्याउन नपाईने भएकाले तस्करी नियन्त्रणमा प्रशासन सहित बहुआयामिक निकाय लागेर सीमामा कडाई गरिने बताएका छन् ।

विभिन्न सीमा नाका बाट अवैध रुपमा भारत बाट मालसामान तथा मानिसहरु भित्रिएको भन्ने समाचार आइरहेको बेला भर्खरै रुपन्देहीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका घिमिरेले तस्करी नियन्त्रणका लागि प्रभावकारी ढंगबाट अगाडी बढनु पर्ने बताएका छन् । यही भदौ २२ गते देखि रुपन्देहीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका घिमिरेले ऐन कानूनले दिएको अधिकार प्रयोग गर्न आफुले कुनै हिचकिचावट नगर्ने दावी गरेका छन् ।

जिल्ला प्रशासन कार्यालयमा पत्रकारहरु संग कुराकानी गर्दै, प्रमुख जिल्ला अधिकारी घिमिरेले तस्करीको सूचना दिएर सहयोग गर्न आमनागरिकलाई आह्वान गर्दै, प्रमुख जिल्ला अधिकारी घिमिरेले एक्लो प्रयास बाट मात्रै सबै कुरा सम्भव नभएको जनाएका छन् ।