गौतमबुद्ध सामुदायिक मुटु अस्पताल द्धारा मिर्गौला बिरामीहरुको नि:शुल्क कोरोना बीमा गरिदिने

September 10, 2020   Filed under हालखबर >>>> Please Subscribe our Youtube Channel

बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले मिर्गौलाको नियमित डायलाईसिस गराई रहेका विरामीहरुको नि:शुल्क कोरोना बीमा गरिदिने भएको छ ।

नेपालमा कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन बढिरहेको र मिर्गौलाका विरामीहरु संक्रमणको उच्च जोखिममा रहेकाले उनीहरुलाई केही भएपनि आर्थिक राहत होस् भनी नि:शुल्क बीमा गरिदिने निर्णय गरिएको अस्पतालले जनाएको छ ।

अस्पतालका अध्यक्ष एजाज आलमले बीमा कम्पनी संग सम्झौता गरी नि:शुल्क रुपमा १ लाख रुपैयााको कोभिड १९ बीमा गर्ने निर्णय गरिएको बताउनु भएको छ ।

कोभिड–१९ को बीमाले संक्रमणको उच्च जोखिममा रहेका र यस अघि नै स्वास्थ्य समस्यामा रहेका मिर्गौलाका विरामीहरुको मनोबल बढाउन सघाउ पुग्ने अध्यक्ष आलमले जानकारी दिनु भएको छ । सरकारले मिर्गौलाका विरामीहरुको डायलाईसिस नि:शुल्क गरेपनि तर अन्य औषधी तथा बेलाबेलामा गर्नुपर्ने ल्याब परीक्षणलाई भने नि:शुल्क गरिएको छैन् ।