कपिलवस्तुमा कोरोनाबाट एक जना युवाको मृ्त्यु

September 10, 2020   Filed under हालखबर >>>> Please Subscribe our Youtube Channel

कपिलवस्तुमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृगौला र उच्च रक्तचापका बिरामी कपिलवस्तुका नगरपालिका वडा नम्बर ५ का २९ बर्षिय पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले कपिलस्तुले जनाएको छ ।

बिरामी परे पछि उपचारकालागि काठमाण्डौको शिक्षण अस्पताल लगिएकोमा गत भदौ २२ गते मृतकमा कोरानो पुष्टी भएको थियो । उनको उपचारकोक्रममा बुधवार राति मृत्यु भएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले बताए ।

मृतक लेबर काम गर्ने गर्थै । यससंगै जिल्लामा कोरोनाबाट मृत्यु हुने संख्या ६ पुगेको छ ।