५ सुरक्षाकर्मी र एक वकील सहीत कपिलवस्तुमा एकै पटक ४६ जना कोरोना संक्रमित थपिए

September 10, 2020   Filed under हालखबर >>>> Please Subscribe our Youtube Channel

किरणमान बज्राचार्य, कपिलवस्तु |

५ सुरक्षाकर्मी र एक वकील सहीत कपिलवस्तुमा एकै पटक ४६ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै जिल्लामा संक्रमितको संख्या १२ सय २४ पुगेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुुले जनाएको छ ।

स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापा अनुसार कपिलवस्तु नगरपालिकामा २३ जा,मायादेबी गाउपालिकामा १५ जना, बाणगंगा नगरपालिकामा ६ जना र सुद्धोदन गाउपालिकामा २ जना रहेका छन् । कपिलवस्तु नगरपालिका वडा नम्बर १ मा १३, २ मा ३, ३ मा एक, ४ मा एक, ५ र ६ मा दुई दुई जना र ७ मा एक जना थपिएका हुन् । थपिएका ५ जना सुरक्षाकर्मी जिल्ला प्रहरी कार्यालयमा कार्यरत हुन् । उता एक जना वकील सहीत १५ जना भने मायादेबीमा थपिएका छन् ।

कपिलवस्तु नगरपालिका र मायादेबी गाउपालिका बिद्यर्थाी शिक्षक, कृषक, राजनीतक दलका नेता, बैकका कर्मचारी ब्यापारी गहणी, लगायतका संक्रमित भएका हुन् । बाणगंगा नगरपालिकामा थपिएका ६ जना भने भारतबाट काम गर्न आएका मजदुर हुन् । सबै मजदुर वडा नम्बर ४ मा काम गर्ने र एक जना ९२ बर्षका पुरुष समेत रहेको फोकल पर्सन थापाले बताए । कोरोनाको अवस्थमा सुधार हुदै गएको बेला जिल्लामा एकै पटक ४६ जना थपिए पछि भने फेरी त्रास बढेको छ । जिल्लामा अहिले सकृय संक्रमितको संख्या १ सय ५६ रहेको छ ।