ट्रिप्परको ठक्करबाट टेलिभिजनकर्मी को मृत्यु

September 12, 2020   Filed under हालखबर >>>> Please Subscribe our Youtube Channel

शुक्रबार साँझ तिनकुने मोडमा भएको दुर्घटनमा प्राईम टेलिभिजन का बरिष्ठ संम्पादक अनिल गौतमको निधन भएको छ । कार्यालयको काम सकेर घर फर्कने क्रममा उनको तिनकुने मुनी भैरब मोडमा दुर्घटना भएको हो ।

मोटरसाईकलमा सवार अनिल गौतमलाई तिब्र गतीमा आएको ट्रिपरले ठक्कर दिदा उनको उपचारको क्रममा सिनामंगल स्थित काठमाण्डौ मेडिकल कलेजमा निधन भएको हो ।

आफ्ना कर्मचारी बरिष्ठ संम्पादक अनिल गौतमको दुर्घटनामा मृत्यु भएको पुष्टी टेलिभिजनका तर्फबाट कार्यकारी निर्देशक निर्जल श्रेष्ठले गरेका छन् ।

प्रदेश ३-०१००३ क ४५६३ नम्बर टिप्परको ठक्करबाट बा २९ प १४७९ को मोटरसाईकल मा सवार चालकको दुर्घटना पछि स्थानियले ब्यक्ति पहिचानको लागी फेसबुकमा मोटोरसाईकलको फोटो राखेका थिए ।

दुर्घटना पश्च्यात टिप्पर चालक र टिप्परलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।