सिन्धुपाल्चोक जिल्लामा फेरी गयो पहिरो घरहरु पुरिए

September 13, 2020   Filed under हालखबर >>>> Please Subscribe our Youtube Channel

शुसिल सुबेदी , सिन्धुपाल्चोक ।
घुम्थाङको नागपुजेमा गएराती खसेको पहिरोले कम्तिमा ८ घर र भीरखर्कमा कम्तिमा १० घर पुरियो १३ जना सम्पर्कविहिन भएका छन् ।

सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिका वडा नं ७ घुम्थाङको नागपुजेमा गएराती खसेको पहिरोले कम्तिमा ८ घर र भीरखर्कमा कम्तिमा १० घर पुरिएको खबर छ ।

स्थानीय शिक्षक बजीर भण्डारीका अनुसार नागपुजेमा पुरिएका घरका सबै मानिस बेपत्ता छन् । आज बिहान झरेको पहिरोले ती घर पुरिंदा १३ जना सम्पर्क विहिन छन् ।

घटनास्थल बाह्रबिसेदेखि १७ किलोमिटर उत्तरतर्फ पर्दछ । घटनाको बिस्तृत बिवरण आउन बाँकी छ ।

त्यस्तै जुगल गाउँपालिका ५ चनौटेमा पहिरो जाँदा केही घर हरु पुरिएको छ मानविय मानवीय क्षती नभएको बताइएको छ । घटना थाहुने बितिकै प्रहरी घटना स्थल तर्फ लागेको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिनुभयो ।