आइतबार काठमाण्डौ उपत्यकामा ५९७ जना नयाँ संक्रमित थपिएका छन्

September 13, 2020   Filed under हालखबर >>>> Please Subscribe our Youtube Channel

स्थानिय प्रशासनले ३ हप्ता लामो लकडाउन गरे पनी काठमाण्डौ उपत्यकामा कोरोना संक्रमितको संख्यामा भने कमी आएको छैन । पछिल्लो समय स्थानिय प्रशासनले समय र बार तोकेर पसलहरु खोले पनी न कोरोना नियन्त्रणमा आएको छ न संक्रमितहरु नै घटेका छन् । दिना नुदिन काठमाण्डौं जिल्लामा कोरोना संक्रमित बढे संगै स्थानिय प्रसाशन र नगरपालिका संम्यन्त्र झन चनाखो बनेका छन् ।

काठमाडौं उपत्यकामा आइतबार ५९७ जना नयाँ संक्रमित थपिएका छन् । शनिबार ४३१ जना संक्रमित भेटिएका थिए भने आइतरबार को संख्या बढेको छ । नगरपालिका प्रमुखहरुले स्थानिय प्रशासन र नाकामा रहेका प्रहरीले नाका प्रवेशमा कडाई नगरे सम्म संक्रमित रोक्न नसक्ने बताएका छन् । नगरपालिका प्रमुखहरुले भने नाकामा कडाई गर्न सेना परिचालनको माग समेत राखेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार, आइतबार काठमाडौंमा ४८३ , ललितपुरमा ३३ र भक्तपुरमा ८१ जना नयाँ संक्रमित थपिएका छन् ।