स्वास्थ लाभको कामना र फुलफुल बाड्न जिल्ला सुरक्षा प्रमुख कोरोना संक्रमितको घर घरमा

September 12, 2020   Filed under हालखबर >>>> Please Subscribe our Youtube Channel

किरणमान बज्राचार्य, कपिलबस्तु ।

स्वास्थ लाभको कामना र फुलफुल बाडन जिल्ला सुरक्षा प्रमुख कोरोना संक्रमितको घर घरमा पुगेका छन । कोरोना संक्रमितलाई स्वास्थय लाभको कामना र उत्साह थप्न सुरक्षा निकायले फलफुल र स्वास्थ्य किट बाडेका छन । जिल्ला प्रहरी कार्यालयको अगुवाईमा कपिलवस्तु नगरपालिका क्षेत्र भित्र रहेको कोरोना संत्रज्ञmमितलाई आईसोलेशन र घर मै पुगेर सो बाडिएको हो । प्रजिअ दीर्घ नारायण पौडेल प्रहरी उपरिक्षक नमराज अधिकारी, सशस्त्र प्रहरी उपरिक्षक धु्रब कार्की, अनुसंधान प्रमुख जयेन्द्र उपाध्यायले तौलिहवा स्थित महिला तथा बालबालिका कार्यालय आइृसोलेन र होम आईसोलेनमा रहेको ३१ जनाालई फलफुल र स्वास्थ्य किट बाडेका थिए ।

कोरोना संक्रमितलाई समुदायमा फरक व्यवहार गरिएका घटना दैनिक जसो सार्वजनिक भईरहेका बेला कपिलवस्तु प्रहरीले भने यस्ता घटना निरुत्साहित बनाउन आईशोलेशनमा रहेका संक्रमितलाई भेटेर स्वास्थ्य लाभको कामना गर्दै फलफुल सगै स्वास्थ्य किट दिएको हो । होम आईशोलेशनमा रहेका संक्रमितको घर घरमा पुगेको थियो । प्रजिअ पौडेलको अगुवाईमा रहेको सो टोली संक्रमितको घर घर मै पुगको थियो । टोलीले भदौ २२ गते संक्रमणका कारण मृत्यु भएका सञ्चारकर्मी बनारसी वर्माको परिवारका संक्रमण भएका सदस्यलाई भेटि स्वास्थ्य लाभको कामना गर्दै फलफुल सगै स्वास्थ्य किट प्रदान गरेको थियो ।

बितरण गरिएको स्वास्थ्य किट युएफएड र युनिसेफले सहयोग गरेको थियो भने कपिलवस्तु प्रहरीले सबैलाई फलफुल उपलब्ध गराएको थियो । कोभिड १९ संक्रमित भई आईशोलेशनमा रहेका कपिलवस्तु नगरपालिकाका संक्रमितलाई घरमै पुगी हौसला प्रदान गरिएको र कार्यक्रमलाई अन्य स्थानमा समेत सञ्चालन गर्ने योजना रहेको कपिलवस्तुका प्रहरी उपरिक्षक नवराज अधिकारीले बताए । संक्रमितहरुलाई उत्साह थप्न यो कार्यक्रम गरिएको उनले बताए ।

कोरोना संक्रमितको मनोबल उच्च बनाउनका लागी भेटघाट गरि स्वास्थ्य लाभको कामना गर्ने कार्य अगाडी बढाईएको प्रजिअ दिर्घ नारायण पौडेलले बताए । मृतक पत्रकार बनारसी बर्माका छोरा अजय बर्माले तिनै तहको सरकारले बेवास्ता गरेका बेला जिल्ला प्रहरी कार्यालयले गरको यो का अति राम्रो भएको बताए । उनले यो कार्यक्रमले संक्रमित र परिवारमा उत्साह थपेको उनले बताए । १ हजार २ सय ३० जनामा कोरोना संक्रमण देखिएकोमा १ सय ५९ सक्रिय संक्रमित छन । जिल्लामा हाल सम्म ६३ जना सुरक्षाकर्मी समेत संक्रमित भएका छन ।