कपिलवस्तुमा भदौ ३१ सम्मका लागि पुन:लकडाउन

September 7, 2020   Filed under हालखबर >>>> Please Subscribe our Youtube Channel

किरणमान् बज्रचार्य, कपिलबस्तु ।

कोरोना संक्रमण फैलने अझै जोखिम रहेको भन्दै कपिलवस्तुमा फेरी भदौ ३१ सम्मका लागि लकडाउन थपिएको छ ।

सोमवार राति १२ बजे सम्मका लागि लकडाउन गरिएकोमा आगामी नौ दिनका लागि लकडाउन पुनः थपिएको हो । जिल्लामा गत साउन २२ गतेबाट लकडाउन कायम छ । जिल्लामा १ हजार १५७ कोरोना संक्रमति रहेको र त्यस मध्ये १ सय ६९ जना सकृय संक्रमित छन् । समुदायस्तरमा तीब्र रुपमा संक्रमण फैलिए पछि त्यसको नियन्त्रणका लागि लकडाउन थपिएको प्रजिअ दीर्घ नारापण पौडेलले बताए । सो निर्णय पछि अत्यावश्यक सेवा प्रदान गर्ने पसल र कार्यालय बाहेक सबै सेवाहरु बन्द छन् ।

अत्यावक सेवा प्रदान गर्ने सरकारी कार्यालय बाहेक सबै सरकारी कार्यालय, बजार, पसल निजी र सार्वजनिक सवारी साधन बन्द गर्ने निर्णय गरिएको छ । बैकिङ संस्था, बिद्यतु, खानेपानी, दुरसंचार कार्यालय भने नियमित हुने छन् । प्रजिअ दीर्घ नारायण पौडेकाले अध्यक्षतामा जिल्ला कोरोना बिपद् ब्यवस्थापन समितिको प्रशासन कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको हो । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३ ) तथा संक्रमण रोग ऐन २०२० को दफा २ बमोजिम सो निर्णय गरिएको प्रजिअ दीर्घ नारायण पौडेलले बताए । सजगता अपनाई संक्रमणको बिस्तारलाई रोक्न सो निर्णय गरिएको प्रजिअ पौडेलले बताए । उद्योग कलकारखाना संचालन गर्न पाईने निर्णय भएको छ । खाध्यान्न तथा तरकारी पानी माछा लागतयका अत्यावस्यकिय बस्तु किन्न का लागि बिहान ८ बजे देखि दिउसो १ बजे सम्मको समय तोकिएको छ ।

जिल्लाका ३ उद्योग बाणिज्य संघले आईतवार लकडाउन हटाई उद्योग ब्यवासानकालागि सहज वातावरण बनाउन आग्रह गर्दै प्रशासन र जिल्लाका १० वटै पालिकामा ध्यानाकर्षण गराएको थियो ।